नक्कली शरणार्थी प्रकरणमा आईजीपीको नाम जोडिएपछि बाेल्याे प्रहरी


काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको नाम जोडेर प्रचार भएपछि नेपाल प्रहरीले खण्डन गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बुधबार विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको जनाएका छन् ।

‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यसले प्रहरीको छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनियता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरूप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement