विश्वराज पोखरेलको मुद्दा फेरि हेर्दाहेर्दैमा, अर्को सुनुवाइ असार १३ गते


काठमाण्डु – आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सरकारले धीरजप्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाइ लम्बिएको हो ।

आइतवार अधिवक्ताहरु पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, रमेश बडालसहितका वकिलहरुले बहस गरेका थिए । अब आगामी असार १३ गते सो मुद्दामा विपक्षीहरुको तर्फबाट सुनुवाइ हुनेछ । हेर्दा हेर्दैमा राखिएको मुद्दामा आइतवार बहसका क्रममा अधिवक्ताहरुले आईजीपी नियुक्तिमा प्रधानमन्त्रीको स्वविवेकीय अधिकार नहुने तर्क गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement