आईजीपी खनालको निर्देशन :विकासमा अवरोध पुर्याउने शक्तिसँग कडा रुपमा प्रस्तुत हुनुस्


काठमाडौं – प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आफ्नो अवधारण अनुसार नेपालको मौलिकता परिवेश समाज, वातावरण अनुरुप अध्ययन, विष्लेषण गरी तयार गरिएको ‘समुदाय प्रहरी साधझेदारी कार्यक्रम र यसको प्रभावकारीता उपलब्धी भएकाे बताएका छन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटन पछि बोल्दै आईजीपी खनालले भने, ‘प्रहरी संघठनले गती लिएको अवस्था रहेको र सरुवा, बढुवामा उल्लेखीय प्रगती भएको छ । वर्तवान अवस्थामा प्रहरीले २ वटा अन्तराष्ट्रिय सम्मान र हालै मात्र नेपाल सरकार संचार तथा सूचना मन्त्रालयबाट प्रदान गरिएको पुरस्कार पाउन सफल भएको छ । यस्तै नेपाल प्रहरी बेरुजु फ्रच्योटमा प्रथम भई सम्मानीत पनि भएको छ ।’

समारोहमा सम्पुर्ण सफल दर्जाका प्रहरी कर्मचारीलाई कानुनी कानुन अनुसार विवेकपूर्ण हिसावले सेवा प्रदान गर्न उनले निर्देशन दिएका थिए । यस्तै उनले प्रहरी सधै जनताको सेवामा समर्पित र साथि बनेर भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।  यस्तै विकासको निर्माणमा अवरोध दिने कुनै पनि शक्तिलाई प्रहरी कडा रुपमा प्रस्तुत हुन् समेत आग्रह गरेका थिए। प्रहरी महानीरीक्षक सर्वेन्द्र खनालले प्रहरी सधैं जनताको सेवामा समर्पित हुन आग्रह गरेका थिए ।

भवन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला समन्वय प्रमुख उद्धव केसी, डीआईजी दिपककुमार थापा, धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु लगायतले प्रहरीले हिरासतमा लिएको व्यक्तिलाई थप सुधार गर्न आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका थिए । धुलिखेल नगरपालिकाले नवनिर्मित हिरासत कक्षमा ८ वटा टिभीसमेत उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement