यसरी असफल हुँदैछन् अार्इजीपी सर्वेन्द्र खनाल !

यसरी असफल हुँदैछन् अार्इजीपी सर्वेन्द्र खनाल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहुन्जेलसम्म ‘सेलिब्रेटी’ रहेका प्रहरी महानिरिक्षक (आईजीपी) सर्वेन्द्र खनाल असफलताको बाटोतिर हिँड्न थालेका छन्।

तीन महिना अघि आईजीपीमा नियुक्त भए लगत्तै तल्लो तहको बढुवाको जाम खुलाएर ‘हाईहाई’ कमाएका खनालले एआईजीको पदपूर्तिका लागि पहल समेत गर्न सकेका छैनन्।

सरकारको निर्णय अनुसार नेपाल प्रहरीमा प्राविधिकतर्फसहितचार एआईजी रहने छन्। तर, आइजीपी खनालको ध्यान रिक्त दरबन्दी परिपूर्ति गर्नुतर्फ नभइ नेता, मन्त्री रिझाउनमा रहेको छ। नेपाल प्रहरीमा २९ चैतदेखि एअार्इजी पद रिक्त छ।

सरकारले खनाललाई आईजीपी नियुक्त गरेपछि उनका ब्याची रमेश खरेलले डीआईजी पदबाट राजीनामा दिएका थिए।  अब सिनियर डीआईजीमा पुस्कर कार्की, मनोज नेउपाने, धीरु बस्नेत, सुरेशबिक्रम शाह र ठूले राई छन्। तर, आईजीपी खनाल एआईजी बढुवाको क्रममा कार्कीलाई कसरी रोक्न सकिन्छ भनेर लागेका छन्।

डिआईजीताका खनाल ट्राफिक प्रहरी प्रमुख थिए, भने कार्कीले सीआईबीको कमाण्ड सम्हालेका थिए।

तत्कालीन आईजीपी प्रकाश अर्याल सेवा निवृत्त भएसँगै उनका ब्याची रही डिआईजीकोे कार्यभार सम्हालिरहेकाहरु घर फर्केसँगै पद रिक्त छन्।

अब सरकारले सिनियर डिआईजीबाट साउनको पहिलो साताभित्र एआईजीमा बढुवा नगरे कात्तिकसम्म स्थगित हुने छ। साउन ७ गतेसम्म पुरानै कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवा गर्न सकिन्छ। तर, आईजीपी खनाल अहिले बढुवा नगरेर आर्थिक वर्ष ०७४-७५ को समेत कार्य सम्पादन हेर्नेगरी आगामी कात्तिकमा बढुवाको मुडमा छन्।

आईजीपी खनालले एआईजीमा बढुवाका लागि कुनै पहल नगरेपछि कतिपय डिआईजी उनीसँग रुष्ट बनेका छन्। ‘बढुुवाका लागि उहाँले पहल नगर्ने हो भने हामीलाई भन्नुुपर्यो। हामी सरकारसँग पहल गर्छाैं,’ एक डिआईजीले भने, ‘पद रिक्त राख्न पाइँदैन।’

यो पनि पढ्नुस्
प्रहरी संगठन बन्यो पंगु, ‘सेलिब्रेटी’ सर्वेन्द्रको भयानक स्वार्थ !

अमेरिकी राजदूतसहितको उपस्थितिमा नेपालमा दलाई लामाको जन्मोत्सव, गृहमन्त्री र आइजीपी ‘चुप’