आइजीपी थापा पहिलोपटक विदेश भ्रमणमा जाँदै


काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की जाने भएका छन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औं साधारण सभामा भाग लिन महानिरीक्षक थापा नेतृत्वको प्रहरी टोली मंसिर ५ मा टर्की जाने तय भएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए ।

आगामी ७ देखि ९ मंसिरसम्म टर्कीको राजधानी इस्तानबुलमा इन्टरपोलको ८९ औं साधारण सभा हुँदैछ । विभिन्न देशका प्रहरी प्रमुख सहभागी हुने सम्मेलनमा आईजिपी थापा, अपराध अनुसन्धान विभागका एआइजी प्रद्युम्न कार्की, इन्टरपोल शाखाका अधिकारी लगायत प्रहरी अधिकारी टर्की जान लागेका हुन् ।

आइजीपि थापा क्षेत्रीको यो पहिलो विदेश भ्रमण हो । महानिरीक्षक थापाको भ्रमणका लागि सरकारले गत महिना नै स्वीकृत दिइसकेको छ । सम्मेलनमा सीमापार अपराध अनुसन्धानका सहकार्यसम्बन्धि विषयमा छलफल हुने एसएसपी कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement