ललितपुर–इमाडोलकाे नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सडक अवरुद्ध भएको छ ।
महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि सडकमा भ्वाङ परेकाे हाे ।
सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।
सडकमा झण्डै तीन मिटरका दुईवटा खडल बनेका छन्। जसको कारण त्यो बाटो हुँदै गाडी सञ्चालन गर्न नमिल्ने अवस्था सिर्जना भएको उनले बताए ।
सडक भासिनुको कारण खुलेको छैन् ।
प्रतिक्रिया