सामान्य घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

सामान्य घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको अन्तिम दिन सेयर बजार ओरालो लागेको छ । आज नेप्से ७ अंकले घटेर परिसूचक २६२१ अंकमा कायम भएको छ ।

यसदिन कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८८ करोडको भयो ।

आज ८९ कम्पनीको मूल्य बढेको छ भने १८१ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, स्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स, घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यसदिन दोल्ती पावरको सेयर मूल्य ५.४१ प्रतिशतले बढ्यो भने सबैभन्दा धेरै पाल्पा सिमेन्टको ६ प्रतिशत घट्यो ।

आज बैंकिङ समूह ०.४० प्रतिशत बढ्यो भने अरु सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशत घट्यो ।

विकास बैंक ०.२३, फाइनान्स ०.५९, जलविद्युत् ०.२९, लगानी ०.२३, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.२७, अन्य ०.७८ तथा व्यापार ०.५२ प्रतिशत घटे ।