एजेन्सी – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् ।
उनले पाकिस्तानी सेना प्रमुख असीम मुनीर नेतृत्वको सैन्य प्रशासनमाथि हत्या, अपहरण र यातनाजस्ता गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै समयमै हस्तक्षेप गर्न आग्रह गरेका छन् ।
यसैबीच, अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले इमरान खान र उनकी पत्नी बुशरा बीबीको स्वास्थ्य उपचार तथा परिवार र वकिलसँगको भेटघाटमा लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ ।
एम्नेस्टीका अनुसार इमरान खानलाई लामो समयदेखि परिवारसँग भेट्न र छोराहरूसँग फोनमा कुरा गर्न दिइएको छैन । उहाँलाई एकान्त कारावासमा राख्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने संस्थाको चेतावनी छ ।
संस्थाले इमरान खान र बुशरा बीबीलाई उचित स्वास्थ्य उपचार उपलब्ध गराउन तथा परिवार र वकिलसँग नियमित भेटघाटको व्यवस्था गर्न पाकिस्तानी सरकारसँग माग गरेको छ ।
त्यस्तै, इमरानकी बहिनी अलीमा खानलाई तत्काल रिहा गर्न पनि एम्नेस्टीले आग्रह गरेको छ ।



प्रतिक्रिया