भारतमा भयावह बन्दै कोरोना संक्रमण, अक्सिजन अभावमा २५ जना बिरामीको मृत्यु


एजेन्सी – भारतमा कोरोना भाइरसको संक्रमण दर तिव्ररुपमा बढेको छ । दिनप्रतिदिन भारतमा कोरोना संक्रमण र मृत्युले नयाँ रेकर्ड राखिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार भारतमा ३ लाख ३२ हजार ७ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट २२ सय ६३ जनाको मृत्यु भएको छ ।

दिल्ली, मुम्बई जस्ता ठूला र साना शहरहरूमा अक्सिजनको अभावका कारण संक्रमितको मृत्यु भइरहेको बताइएकाे छ ।

दिल्लीको सर गंगाराम अस्पतालमा अक्सिजनको अभाव भएको जनाइएको छ । अस्पतालको भेन्टिलेटर र बाइपास मेशिनले राम्रोसँग काम गर्न छाडेको बताइएको छ ।

अस्पतालका निर्देशकले ६० भन्दा बढी गम्भीर अवस्थामा रहेका कोरोना संक्रमितको ज्यान उच्च जोखिममा रहेको बताए । अस्पताल स्रोतकाअनुसार पछिल्लो २४ घण्टामा गंगाराम अस्पतालमा २५ जना कोरोना संक्रमितको अक्सिजन अभावमा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement