भारतमा एकै दिन १ लाख ६८ हजार संक्रमित थपिए, रक्षामन्त्री सिंहलाई पनि कोभिड


नयाँ दिल्ली – भारतमा पछिल्लो २४ घन्टामा १ लाख ६८ हजार ६३ जनालाई कोभिड संक्रमण भएको छ । यो दर सोमबारको तुलनामा ६ दशमलब ४ प्रतिशतले थोरै हो ।

कोभिडको नयाँ संक्रमण फैलिएसँगै भारतमा कोभिड संक्रमित बढिरहेका छन् । भारतमा ४ हजार ४६१ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ । पछिल्लो २४ घन्टामा कोभिडका कारण २७७ जनाको मृत्यु भएको छ ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा बसिरहेका छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement