भारतको दिल्लीमा एक हप्ता कर्फ्यूको घोषणा


एजेन्सी – कोरोना भाइरसको संक्रमण भयावह भएको भन्दै भारतको नयाँदिल्लीमा कर्फ्यू लगाइएको छ । मुख्यमन्त्री अरबिन्द केजरिवालले बिहीबार एक विज्ञप्ति जारी गर्दै एक हप्ता कर्फ्यूको घोषणा गरेका छन् ।

उनले दिल्लीमा कोरोनाको चौथो छाल गम्भीर रुपमा देखिएको भन्दै कठोर निर्णय लिनुपरेको बताएका छन् ।

दिल्लीवासीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री केजवरीवालले दिल्लीमा कोभिड बेडको अभाव नरहेको स्पष्ट पारेका छन् । उनकाअनुसार दिल्लीमा पाँच हजार बेडहरु उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement