काठमाण्डुमा भारतीय दूतावासले यसरी मनायो गणतन्त्र दिवस


काडमाण्डु – नेपालस्थित भारतीय दूतावासले आफ्नो गणतन्त्र दिवस मनाएको छ । दूतावासले मंगलबार विभिन्न कार्यक्रम गरेर ७२औं गणतन्त्र दिवस मनाएको हो ।

नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले लैनचौरस्थित दूतावासमा आयोजित कार्यक्रममा झण्डोत्तोलन गरेर भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए ।

सो अवसरमा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३ करोड ६८ लाख रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरिएको दूतावासले जनाएको छ ।

राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक पनि उपहारस्वरुप प्रदान गरेको थियो ।

सोहि अवसरमा राजदूतले लैनचौरमै रहेको इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा उपस्थित थिए भने पूर्वराष्ट्रपति रामवरण यादवले इन्डिया–नेपाल एलुमनाई नेटवर्क सम्पर्क र सोको वेबसाइटको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement