तेस्रो टी–२० क्रिकेटमा भारतविरुद्ध इंग्ल्याण्ड २६ रनले विजयी

तेस्रो टी–२० क्रिकेटमा भारतविरुद्ध इंग्ल्याण्ड २६ रनले विजयी


काठमाण्डु- भारतसँगको तेस्रो टी–२० क्रिकेटमा पाहुना टोली इंग्ल्याण्ड २६ रनले विजयी भएको छ । राजकोटमा जीतका लागि १७२ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे । इंग्ल्याण्डका जेमी ओभरटर्नले ३, बायडेन कार्स र जोफ्रा आर्चरले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका बेन डकेटले सर्वाधिक ५१ रन बनाए । लियम लिभिङ्स्टोनले ४३ रन जोडे । भारतका वरुण चक्रवर्तीले ५ विकेट लिए ।

टिम इन्डियाले शृंखलाको सुरुवाती दुई खेल जितेको छ । तर यो जितको बाबजुद इङ्ग्ल्यान्ड १–२ ले पछाडि छ । भारतले पहिलो खेल ७ र दोस्रो खेल २ विकेटले जितेको थियो । चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।