सत्ता गठबन्धनमा खटपट आएपछि प्रधानमन्त्री भेट्न भारतीय राजदूत बालुवाटार पुगे


काठमाण्डु – सत्तागठबन्धनमा खटपट आएसंगै भारतीय राजदूतले सक्रियता बढाएका छन् । राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले नछोड्ने निर्णय गरेसंगै सत्तागठबन्धन भत्कने चर्चा सुरु भएपछि भारतीय राजदूत नवीन श्रीवास्तवको सक्रियता बढेको हो ।

श्रीवास्तवले शुक्रवार सांझ प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा श्रीवास्तव राति ७ :१५ बजे पुगेका थिए । उनले प्रधानमन्त्री दाहालसंग एक घण्टा भेटवार्ता गरेर राति ८ः२० मा निस्केका थिए ।भेटमा भारतीय राजदूतले राष्ट्रियसभा अध्यक्षको भागवण्डा, मन्त्रीमण्डल फेरबदल र वामगठबन्धनको चर्चाबारे चांसो राखेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

प्रधानमन्त्री दाहाल कांग्रेससंग गठबन्धन गर्दा पार्टीले क्षती ब्यहोरेको, शुसासन कायम गर्न नसकेको भन्दै सहकार्य तोड्नेमा छन् । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग सहकार्य गर्न घनिभूत छलफल गरिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यो बिचमा धेरै पटक एक्लाएक्लै भेटवार्ता समेत भइसकेको छ । त्यसका साथै दोस्रो तहका नेताहरु समेत नयां समिकरण बनाउन सक्रिय छन् ।

प्रधानमन्त्री दाहालले माओवादी केन्द्रका सबै मन्त्री सोमबार फिर्ता गर्ने तयारी समेत गरेका छन् । त्यसपछि राष्ट्रियसभा अध्यक्षको निर्वाचनपछि नेपाली कांग्रेसका मन्त्रीहरुलाई विना विभागिय वनाउने तयारी छ ।

माओवादीका सबै मन्त्रीलाई फिर्ता बोलाउने तयारी, के गर्न खोज्दैछन् प्रचण्ड ?

प्रतिक्रिया दिनुहोस
Advertisement