भारतीय भूमिमै सड्क निर्माण गरेको भारतको दावी


काठमाडौं-  भारतले कैलाश मानसरोवरसम्म पुग्ने सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ। भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार उद्घाटन गरेको सड्क नेपाली भुमिमा बनाइएको भन्दै काठमाडौंमा विरोध भइरहंदा भारतले भने त्यसको खण्डन गरेको हो ।

परराष्ट्र मन्त्रालयले शनिवार नेपाली भूमी लिपुलेक हुंदै सो सडक निर्माण गरेको भनी बिरोध जनाएलगत्तै भारतले नेपाली भूमी प्रयोग नगरिएको दाबी गरेको हो।भारतको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उत्तराखण्डको पिथोरागढ जिल्लास्थित हालै उद्घाटन गरिएको सडक खण्ड भारतीय भूमीभित्रै पर्ने दावी गरिएको छ ।

उसले सो सडकले कैलाश मानसरोवर यात्रामा जांदा तिर्थयात्रीले प्रयोग गर्ने गरेको पूर्ववत् कायम रहेको रुटकै आधारमा बनाइएको हुंदा त्यो भारतीय भूमीमैं पर्ने तर्के गरेको छ। तिर्थयात्रीको सहजताका लागि गाडी चलाउन मिल्ने गरी मात्र सडक बनाईएको जिकिर भारतको छ ।

नेपाल र भारतले सीमासम्बन्धी विषयहरुलाई सल्टाउनका लागि संयन्त्र तयार भएको भन्दै थांती रहेका विषयलाई कुटनीतिक वार्ताबाटै सुल्झाउन भारत प्रतिबद्ध रहेको समेत विज्ञप्तीमा उल्लेख छ। नेपाल र भारतबीचको सचिवस्तरीय वार्ताको मिति तय गर्ने प्रक्रियामै रहेको बताउंदै भारतको विदेश मन्त्रालयले जारी कोभिड–१९ को समस्या समाधान भएपछि सो मिति तय गरी बैठक बस्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement