भारतमा लोकसभाको नतिजा : कसको कति सिट ?


एजेन्सी – १७ औँ लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी बीजेपीले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । फेरि एकपटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् ।  भारतीय निर्वाचन आयोगका अनुसार ५४३मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३ सिटमा जित हात पारेको छ ।

बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन एनडीएले ३५० सिटमा जित हात पारेको छ । कांग्रेसले केबल ५२ सिटमा चित्त बुझाउनुपरेको छ। उसको गठबन्धन युपिए यसपटक ८५ सिटसम्म पुगेको छ। कांग्रेसको सहयोगी द्रमुक तेस्रो नम्बरमा रहेको छ। सन् २०१४ मा खातासमेत नखोलेको द्रमुकले यस पटक २३ सिटमा जित हासिल गरेको छ। उत्तरप्रदेशमा बहुजन समाजवादी पार्टीले १० सिट जित्न सफल भएको छ।

मायावतीको पार्टीले सन् २०१४ मा एउटा पनि सिट जितेको थिएन। यी पार्टीलाई फाइदा भाजपाले सन् २०१४ मा २८२ सिट जित्न सफल भएको थियो। उसको गठबन्धन एनडिएले ३३६ सिटमा जित निकालेको थियो।  भाजपाले पछिल्लो पटक भन्दा यो पटक २१ धेरै सिट जितेको छ। सन् २०१४ मा ९ सिट मात्रै जितेको वाईएसआर कांग्रेसले यस पटक २२ सिट जितेको छ।

भाजपाको सहयोगी जनता दल युनाइटेडले बिहारनमा १७ सिटमा बाजी मारेको छ । पछिल्लो पटक जनता दल एनडीएबाट अलग्गै चुनावी मैदानमा थियो । उसले त्यसबेला केबल २ सिट जितेको थियो। बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवको पार्टी राष्ट्रिय जनता दलले यस पटक खाता नै खोल्न सकेन। अघिल्लो चुनावमा राजदले ४ सिटमा जित निकालेको थियो ।

उता उत्तरप्रदेशमा समाजवादी पार्टीले आफ्नो ५ सिट बचाउन सफल भएको छ। यादव परिवारका दुवै सदस्य अखिलेश यादव र मुलायम सिंह यादवले जित दर्ता गराएका छन्। तर यादव परिवारकै अन्य तीन सदस्य पराजित भएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement