भारतीय सञ्चारमाध्यमको प्रस्तुतीबारे आपत्ति जनाउँदै नेपालले पठायो ‘कूटनीतिक नोट’


काठमाडौं- भारतीय सञ्चारमाध्यहरुले नेपालसम्बन्धि प्रसारण गरेका समाचार सामग्रीहरु आपत्तिजनक रहेको भन्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार पठाएको उक्त पत्रमा यस्ता सामग्रीमाथि तत्काल कदम चाल्न माग गरिएको छ । सरकारले पठाएको कूटनीतिक नोटमा भारतीय सञ्चारमाध्यमले तथ्यहीन, बनावटी, झुठा सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पु¥याएको बताइएको छ ।

उक्त कूटनीतिक नोटमा घृणाजनक अभिव्यक्तिले नेपाल र नेपालीको अपमान गर्ने र यस्ता सामग्रीले दुई देशबीचको सम्बन्धमा बाधा पु¥याउँने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement