भारतका स्वास्थ्यमन्त्री नै प्रहरीद्धारा मारिए


काठमाण्डु – भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नव किशोर दासको निधन भएको छ । उनलाई प्रहरीका एक असिस्टेण्ट सव इन्सपेक्टरले गोली हानेका थिए । मन्त्री दासको भुवनेश्वरमा उपचारका क्रममा निधन भएको हो ।

भारतीय संचारमाध्यमकाअनुसार उनिलाई एसआई गोपालदासले सार्वजनिक कार्यक्रममा सहभागी हुन ब्रजराजनगर गएका बेला उनिमाथी गोली प्रहार गरेका थिए ।

सुरुमा कांग्रेसबाट राजनीति सुरु गरेका दास २०१९ मा बीजु जनता दलमा प्रवेश गरेका थिए । उनि ओडिसाको झरसागुडा सिटबाट सन् २००९ मा विधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनी २०१९ मा लगातार तेस्रो पटक चुनाव जितेर विधायक बनेपछि उनलाई मन्त्री बनाइएको थियो । दास सन् २०१५ मा विधानसभा सत्रका क्रममा पोर्न भिडिओ हेर्दै गर्दा समातिएका थिए ।

उनलाई विधानसभा अध्यक्ष निरञ्जन पुजारीले एक साताका लागि निलम्बन समेत गरेका थिए । यद्यपी दासले झुक्किएर त्यस्तो भएको भन्दै आरोप अस्विकार समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement