भारत नेपालीलाई सीमामा अलपत्र छोड्छ,भारतिय नागरिक भने नेपालमै कोरोना परीक्षण र उपचार गराउंछन्


काठमाडौं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले कोरोना परीक्षण नगराइकन सीमामा अलपत्र पार्ने भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि जनाएका छन् ।

बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’

भारतले नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छोडेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । तर, नेपाल नेपाल सरकारले भने भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित रुपमा राखेर कोरोना परीक्षण र उपचार गराउंदै आएको छ ।

भारतवाट नेपाल प्रवेश गरेका नेपालीहरुको कारण धेरैजसो व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । बिहीबार बिहानसम्म नेपालमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये अधिकांश भारतबाट नेपाल प्रवेश गरेका नागरीक रहेका छन् ।
सरकारले अन्तर्रा्ष्ट्रिय सिमाना बन्द गरेपछि भारतवाट नेपाल आउने हजारौ नागरीक सीमा क्षेत्रमा अलपत्र परेका छन् । उनिहरु राती भागेर नेपाल प्रवेश समेत गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement