भारतमा अक्सिजन सिलिन्डर भर्नका लागि मानिसहरु घन्टौदेखि  लाइनमा


एजेन्सी – अमेरिकाले भारतलाई खोप उत्पादकमा आावश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भएको छ । भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध समेत अमेरिकाले हटाइदिएको छ । जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति सहयोग गर्‍यो, अहिले हामी भारतलाई सहयोग गर्न तत्पर रहेका छौँ, अमेरिकि राष्ट्रपति जो बाइडनले भने,।

भारतको राजधानी दिल्लीमा कोरोना संक्रमितका कारण अस्पालहरुमा बिरामीले भरिएका छन् भने अक्सिजन अभाव कायम छ। मानिसहरु अस्पतालका बेड र अक्सिजनका लागि संघर्ष गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अक्सिजन सिलिन्डर भर्नका लागि मानिसहरुको लामो लाइन लागिरहेको छ।

भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई उसले कच्चा पदार्थमा लगाएको निर्यात नियन्त्रण हटाइदिन भनेपछि अमेरिकाले यस्ता निर्णय गरेको हो। यस्तै यूकेले पनि ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण – जसले हावाबाट अक्सिजन तान्नसक्छ – तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ।

“यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै खडा छौँ,“ यूकेका प्रधानमन्धी बोरिस जोन्सनले भनेका छन्। सङ्क्रमण तेज भएका कारण जोन्सनको भारत भ्रमण रद्द गरिएको छ तथा भारतमाथि हाल यात्रा प्रतिबन्ध लगाइएको छ। यूएइ, क्यानडा, जर्मनी तथा नेदर्ल्यान्ड्सले पनि भारतबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन्। साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने जनाएको छ।

भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन्।

दोस्रो लहरको सङ्क्रमण रोक्न नसकेकाे भन्दै प्रधानमन्त्री मोदीको  आलोचना समेत गरिएकाे छ। भारतमा हालसालै ठूल्ठूला राजनीतिक ¥याली एवं धार्मिक भेला भएका थिए।

 

प्रतिक्रिया दिनुहोस
Advertisement