तनाव रोक्न माग गर्दै भारत र पाकिस्तानका दूतावास अगाडि प्रदर्शन

तनाव रोक्न माग गर्दै भारत र पाकिस्तानका दूतावास अगाडि प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित भारतीय र पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेको छ ।

शुक्रबार समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गर्दै प्रदर्शन गरेको हो।

‘शान्तिको कुनै विकल्प हुँदैन, स्टप वार, पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन, कारबाही गर, शान्तिको कुनै विकल्प छैन, युद्धको कुनै भविष्य हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।