भारतीय फैसलाबारे पाकिस्तानले दियो यस्तो प्रतिक्रिया


एजेन्सी – भारतस्थित अयोध्यामा मन्दिर र मस्जिद विवादमा सर्वोच्च अदालतको फैसलाप्रति पाकिस्तानले विरोध जनाएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले ट्वीट गर्दै भनेका छन, ‘संसारले एकपटक फेरि अतिवादी भारतको वास्तविक अनुहार देखेको छ । पाँच अगस्टमा भारतले कश्मीरको संवैधानिक दर्जा खारेज गर्‍यो र आज बाबरी मस्जितमा फैसला आएको छ । यता, पाकिस्तानले दोस्रो धर्मको आदर गर्दै गुरु नानकका सेवकका लागि करतारपुर कोरिडोर खोलिदिएको छ ।’

रेडियो पाकिस्तानका अनुसार, अयोध्याबारे फैसलाप्रति पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘यो फैसलाले मोदी सरकारको कट्टरता झल्काउँछ । दुःखको कुरा त यो छ कि जुन दिन हामीले करतारपुर कोरिडोरको उद्घाटन गर्‍यौं, त्यही दिन भारतको सर्वोच्च अदालतले यस्तो फैसला किन सुनायो ?’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवारमात्रै पञ्जाबको गुरदासपुरमा करतापरपुर कोरिडोरको उदघाटन गरेका थिए । उनले डेरा बाबा नानकस्थित कोरिडोरको चेकपोस्टबाट ५ सय ५० श्रद्धालुको पहिलो समूहलाई करतारपुर पठाए ।

शनिवार भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा रहेको पाँच न्यायाधीशको इजलासले विवादित जमिनबारे फैसला रामललाको पक्षमा सुनाएको हो । साथै, मुस्लिम पक्षलाई छुट्टै पाँच एकड जमिन मस्जिनका लागि दिन पनि सर्वोच्चले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement