भारतीय नेतृत्वसँग राजदूत आचार्यले भनेः कालापानी विवाद चाँडै समाधान गरौं !


काठमाडौं – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल र भारतबीच कालापानी सीमा विवादबारे छलफल गरेका छन् । राजदूत आचार्यले भारतका अधिकारीसँग कूटनीतिक पहल सुरू गरेका हुन् ।

राजदूतावासले भारतीय नेतृत्वसँग भारतले आफ्नो नक्सामा राखेको नेपाली भूमिबारे छलफल थालेको छ । दूतावासका अनुसार गएको शुक्रबार राजदुत आचार्यले भारतीय विदेशसचिव विजय गोख्लेसँग भेट गरेर सीमा विवादबारे कुरा गरेका छन् ।

‘राजदूत आचार्य र विदेश सचिव गोख्लेबीच गोख्लेकै कार्यकक्षमा शुक्रबार भेटवार्ता भयो । वार्ताका क्रममा सीमा विवादलगायत दुई पक्षीय सम्बन्धबारे छलफल भयो,’ दूतावासले सोमबार ट्विट गर्दै भनेको छ ।

राजदूत आचार्यले कालापानी क्षेत्र नेपालको भएको अडान दोहोर्‍याउँदै सीमामा देखिएको समस्या वार्ताबाट तुरून्त हल गर्नु पर्ने धारणा राखेका थिए । अहिले नै जारी पक्रिया वा आवश्यक परे नयाँ पक्रियाबाट भए पनि विवाद चाँडै समाधान गर्नु पर्नेमा आचार्यले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement