भारतीय सहयोगमा निर्माण भएका हुलाकी राजमार्गका १३ वटा खण्ड हस्तान्तरण


काठमाण्डु – भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएका हुलाकी सडकहरु हस्तान्तरण गरिएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालको तराई क्षेत्रमा निर्माण सम्पन्न भएका सडकहरु संयुक्त रुपमा आज नेपालका जनतालाई समर्पित गरेका हुन् ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेष्ठ, उप—सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, हुलाकी राजमार्ग निर्देशनालयका परियोजना निर्देशक रोहित कुमार बिसुराल र भारतीय राजदूतावासका परियोजना प्रभागका प्रमुख प्रफुल्लचन्द्र शर्मा उपस्थित थिए । १४ वटामध्ये १३ वटा प्याकेज निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको हो ।

नेपालको तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नत गर्ने सम्बन्धमा भारत र नेपालबीच भएको सहमति अनुरुप नेपाल सरकारले दश अत्यन्त आवश्यक सडकको पहिचान गरेको हो ।जुन भारत सरकारको आठ अर्ब आर्थिक सहयोगमा निर्माण हुनेछन् । यी सडकहरुलाई हुलाकी राजमार्गको नामले पनि चिनिन्छ र यी सडकहरुले पूर्व-पश्चिम राजमार्गमा अवस्थित प्रमुख शहरहरुलाई भारत-नेपाल सीमासँग पनि जोड्दछन् ।

नेपालको प्रदेश नं १, २ र ५ का सात सीमावर्ती जिल्लामा अवस्थित सडकहरुले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उप–महानगरपालिका र एक महानगरपालिकाका जनताहरुलाई जोड्न सघाउ पु¥याएको छ ।

नेपालको सडक विभागले निर्धारण गरेको मापदण्ड अनुरुप यी दश सडकहरुको निर्माण गरिएको जनाइएको छ । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवै तर्फ दुई मिटरको रोड शोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोबास क्षेत्रमा रेलिङ्ग सहितको पदमार्ग, सडक चिन्ह र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । यस परियोजना अन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटर भन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटि अनुरुप यो परियोजनाको कार्यान्वयन भएको छ । ठेक्का उद्देश्यका लागि यी १० सडकहरुलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरुको निर्माण हेतु सन् २०१६ अक्टोबर देखि सन् २०१७ नोभेम्बरसम्मको अवधिमा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो । यी सडकहरुको निर्माणका लागि विशेष विवरणहरु सडक विभागले तयार पारेको विस्तृत परियोजना विवरणमा समावेश गरिएको छ ।

१४ वटा प्याकेज मध्ये निर्माण सम्पन्न भई सम्बन्धित क्षेत्रका जनताले प्रयोग गरिरहेका १३ वटा प्याकेज आज भारतीय राजदूत र भौतिक पूर्वाधार र यातायात मन्त्रीले संयुक्त रुपमा समर्पित गरे। यी हाल सालै निर्माण सम्पन्न भएका सडकले मानिसहरुको यात्रा तथा आवागमनलाई थम आरामदायी र सहज बनाएकोे छ ।

निर्माण सम्पन्न भइसकेका तराई सडक प्याकेजका नाम, लम्बाई र स्थान यस प्रकार छन्ः

क्रम संख्या   सडकको नाम    लम्बाई (किमि)  जिल्ला
१ मनमत—कलैया—मटियर्वा,प्याकेज १ १५.०० बारा
२ मनमत—कलैया—मटियर्वा,प्याकेज २ ११.६६ बारा
३ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज १ १७.०० धनुषा
४ बीरेन्द्रबजार—यदुकुहा—महिन्थपुर, प्याकेज २ १५.३१ धनुषा
५ जनकपुर— यदुकुहा १६.६३ धनुषा
६ माइस्थान—गौशालाबजार—सम्शी २६.९४ महोत्तरी
७ जलेश्वर—हर्दी २७.२६ महोत्तरी
८ लमही—कोइलाबास ३३.४७ दाङ्
९ कानेपोखरी—रङ्गेली २५.४० मोरङ्ग
१० कल्याणपुर—बरसाइ—सुभ्रानपट्टी १७.२८ सप्तरी
११ तामागढी—सिम्रौनगढ, प्याकेज १ २०.०० बारा
१२ तामागढी—सिम्रौनगढ, प्याकेज २ १९.७४५ बारा
१३ बीरगंज—ठोरी, प्याकेज १ २५.६० पर्सा
१४ बीरगंज—ठोरी, प्याकेज २ ३०.०० पर्सा

प्रतिक्रिया दिनुहोस
Advertisement