भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने- छिमेकीसंगको सीमा विवाद आपसी समझदारीमा हल गर्छौ


काठमाडौं – भारतले नेपालसहितका छिमेकी देशहरुसंग भएको सीमा विवादवारे लचिलो भनाई सार्वजनिक गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विहिवार साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै नेपालले जारी गरेको अद्यावधिक नक्साबारे प्रतिक्रिया दिंदै आपसी सहभागिता र विश्वासको वातावरणमा विवाद समाधान गर्न भारत खुला रहेको बताए ।

भारतले नेपाली भूमि मिचेर लिपुलेक जोड्ने सडक निर्माण गरेपछि दुवै देशको विचमा सम्बन्ध खराव भएको थियो । भारतको पछिल्लो समय नेपाल र चीनसंग सीमा विवाद देखिएको छ । नेपालले भारतको उक्त कदमको विरोध जनाउंदै जेठ ९ गते भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयां नक्शा जारी गरेको थियो । नेपालले नक्सा जारी गरेपछि भारतले आफ्नै भूमिमा सड्क वनाएको प्रतिक्रिया दिएको थियो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवाद सुल्झाउनका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक पर्ने धारणा व्यक्त गरे । श्रीवास्तवले सीमा मुद्दावारे नेपालमा विकसित परिस्थितिको भारतले अनुगमन गरिरहेको पनि बताए।

‘भारतसबै छिमेकीसंग संलग्न रहेर आपसी समझदारीका आधारमा र त्यसका संवेदनशिलतालाई ख्याल गरेर अघि बढ्नका लागि तयार छ । नेपालले पनि यसलाई गम्भीर रुपमा विचार गरेको हामीलाई जानकारी छ । समस्या समाधानको लागी सवैको रचनात्मक र सकरात्मक प्रयास आवश्यक पर्छ । ’ उनले भने

प्रतिक्रिया दिनुहोस
Advertisement