नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो, आफैं समाधान गर्नुपर्छः भारत


काठमाण्डु – भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक विषय भएको बताएको छ ।

बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो नेपालको आन्तरिक मामिला भएकाले आफ्नो विवाद प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएका छन् ।

‘हामीले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौं’, उनले भनेका छन्, ‘यो नेपालको आन्तरिक मामिला भएकाले उसको आफ्नो घरेलु फ्रेमवर्कभित्र र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ ।’

प्रवक्ता बाग्चीले एउटा छिमेकी मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध रहेको बताएका छन् ।

‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत प्रतिवद्ध छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement