भारतीय राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच भेटवार्ता


काठमाण्डु – भारतीय राजदूत विनयमोहन क्वात्रा र स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ । आज मन्त्रालयमा राजदूत क्वात्रा र मन्त्री त्रिपाठीबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटका क्रममा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाइ दिएका थिए । साथै उनले कोभिड–१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य लगायत महामारीको सामना गर्ने साझा प्रयासहरूमा नेपाल सरकार, स्वास्थ्यकर्मी र नेपालका जनतालाई भारतको निरन्तर समर्थन रहने प्रतिबद्धता जनाएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी हालै स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा हेरफेर गर्दा त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement