हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावत सुरक्षित


एजेन्सी – भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटनामा घाइते भएका छन् । तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा सेना प्रमुख रावत घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रावतलाई वेलिङटन मिलिटरी हस्पिटल लगिएको बताइएको छ । उनको स्थितिका बारेमा आधिकारिक जानकारी छैन । हेलिकप्टरमा उनकी श्रीमती पनि सवार थिइन् ।

न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो । हेलिकप्टरमा १४ वरिष्ठ अधिकारीहरू सवार थिए । घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement