चिनियां भाषा बोल्ने रावतले पाए बेइजिङमा भारतीय राजदूतको जिम्मेवारी


नयां दिल्ली – भारतले चीनका लागी राजदूतमा प्रदीप कुमार रावतलाई नियुक्त गर्ने निर्णय गरेको छ । पूर्वी लद्दाखमा भारत र चीनबीच सीमा क्षेत्रमा तानव बढिरहेको बेला रावतको नियुक्ती हुनुलाई महत्वका साथ हेरिएको छ ।

रावत चीन मामिलाका जानकारका रुपमा चिनिन्छन् । भारतीय विदेश सेवाको १९९० ब्याचका अधिकारी रावत हाल नेदरल्याण्डमा भारतीय राजदूतका रुपमा कार्यरत छन् । रावत आफ्नो कार्यकाल सकेर बेइजिङ जाने तयारीमा छन् ।

उनले यसभन्दा अघि २०१४ देखी ०१७ सम्म विदेश मन्त्रालयको पूर्वी एशिया विभागमा संयुक्त सचिवको जिम्मेवारी सम्हालेका थिए । रावत भारत र चीनबीच डोकलाम विवाद हुंदा भारतको तर्फबाट वार्तामा समेत सामेल थिए ।

उनि चीनमा १९९२ देखी ९७ सम्म बेइजिङ र हंगकङमा कार्यरत थिए । त्यसपछि २००७ मा बेइजिङमै काउन्सिलर र पछी चीफ अफ मिशनका रुपमा समेत काम गरेका थिए । रावतसंग ताइवानमा समेत काम गरेको अनुभव छ ।

चीनका लागी भारतीय राजदूत विक्रम मिश्रीको कार्यकाल सकिएसंगै उनलाई चीन पठाइएको हो । राजदूतको परिवर्तनले भारतीय नीतिमा भने खासै परिवर्तन नहुने भएपनि रावतको नियुक्तीसंगै दुवै देशबीचको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ ।

मिश्री हालका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसहित तीन प्रधानमन्त्रीका निजी सचिवका रुपमा कार्यरत थिए । रावत चिनिया भाषा बोल्ने र चीनमा लामो समय बसेकाले पनि चीन राम्रोसंग बुझ्ने भारतिय कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

चिनियां विदेशमन्त्री वांग यीले २०२१ को अन्तिम समिक्षामा बोल्दै दुवै देशको सम्बन्धबारे आफ्नो सकरात्मक भनाई सार्वजनिक गरेका थिए । उनको चीन र भारतबीच राजनीतिक र सैन्य माध्यमबाट कुराकानी भइरहेको धारणा समेत सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement