माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकै दिन भारतीय राजदूत दिल्लीतिर


काठमाण्डु – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज नयां दिल्ली प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नियुक्त गरेकै दिन श्रीवास्तव दिल्ली प्रस्थान गरेका हुन् ।

उनि अपरान्ह ५ बजे भिस्तारा एअरको उडान नम्बर युके १५६ बाट नयाँ दिल्ली गएको स्रोतले जनाएको छ । भारतले दाहाललाई प्रधानमन्त्री बन्न नदिन भुमिका खेलेको चर्चा भइरहेको बेला उनि आइतबार प्रधानमन्त्री नियुक्त भएकै दिन राजदूत दिल्ली जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

श्रीवास्तव नयां सरकार गठन प्रक्रियामा सक्रिय हुंदै आएका थिए । उनले प्रमुख दलका शिर्ष नेताहरुसंगको भेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नियुक्तीबारे चांसो राख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement