चुनावको परिणाम नआउंदै भारतीय राजदूत सक्रिय, प्रधानमन्त्रीसंग आधा घण्टा वार्ता


काठमाण्डु – चुनावी नतिजा नआउंदै भारतीय राजदूतको सक्रियता बढेको छ । नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तले आजै प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तालाई दुवै पक्षले गोप्य राखेका छन् । उनले प्रधानमन्त्री देउवालाई दिउंसो ४ बजे आधा घण्टा भेटेको सुरक्षा स्रोतले बतायो ।

भारतीय राजदूतसँगको भेटलगत्तै प्रधानमन्त्री देउवा रास्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । चुनावको परिणाम नआउंदै भारतिय राजदूत सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement