भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा सेनाको मानार्थ महारथी उपाधि प्रदान


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि पदवी प्रदान गरेकी छन् ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा भण्डारीले सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

उनले नरवणेलाई तरबार पनि उपहार दिइकी छन् । उक्त समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा लगायतको उपस्थिति रहेको थियो ।

मानार्थ महारथी पाएपछि नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement