भीमफेदी दुर्घटनाका पीडितलाई सभामुखको आश्वासन-कानुनी व्यवस्था मिलाएर राहत दिन्छौँ

भीमफेदी दुर्घटनाका पीडितलाई सभामुखको आश्वासन-कानुनी व्यवस्था मिलाएर राहत दिन्छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताएका छन् । सोमबार पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुगेका अर्यालले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने जानकारी दिएका हुन् ।

‘तीनै तहका सरकारसँग आवश्यक सहकार्य र समन्वय गरेर कानुनले गरेको व्यवस्थापछि पनि थप के हुन्छ, छलफलबाट निर्णय लिनेछौँ । उचित राहतको कानुनी व्यवस्था छैन भने पनि अन्य निकायबाट मिलाउन पहल गर्नेछौँ’, सभामुख अर्यालले भने ।

पीडित परिवारका बालबालिकाको उच्च शिक्षासम्मको पठनपाठनको जिम्मा र लालनपालनको व्यवस्थामा सरकारले स्पष्ट पहल गर्ने सभामुख अर्यालले प्रतिबद्धता व्यक्त गरे । उनले शोकसन्तप्त परिवार र आफन्तप्रति समवेदनासमेत प्रकट गर्दै यस विषम घडीमा परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित यस्ता दुर्घटना नियन्त्रणका लागि सरकारको तर्फबाट ठोस् कदम चाल्ने बताए ।

बिहीबार छठ पर्व मनाउन काठमाण्डुबाट सर्लाही जादै गरेको रिर्जभ विद्युतीय गाडी भिमफेदी गाउँपालिका(६ स्थित चिसापानी गढीमा दुर्घटना भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको गाडीमा सवारमध्ये उक्त गाउँका १३ जनाको मृत्यु भएको थियो ।

घाइते भएका ६ जना मध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन् । बाँकीको उपचार भइरहेको छ । भेटमा सभामुख अर्यालसँग पीडित परिवारले घटनाको विवरणसहित उचित राहतको पहल गरिदिन आग्रह गरेका थिए ।