काठमाण्डु ओर्लिए भारतीय सेनाध्यक्ष


काठमाण्डु – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाण्डु अवतरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी काठमाण्डु अवतरण गरेका हुन् ।

नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेनाको विमानमार्फत काठमाण्डु आर्लिएको हो । नरावणे सोल्टी होटलमा बस्नेछन् ।आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् । नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement