हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु


काठमाण्डु – भारतीय सेना प्रमुख विपिन रावतको हेलिकोप्टर दुर्घटना परी मृत्यु भएको छ । बुधबार भारतको तमिलनाडूको कुन्नुर नजिकै निलगिरिमा भएको हेलिकोप्टर दुर्घटनामा रावतको निधन भएको हो ।

भारतीय वायु सेनाले हेलिकोप्टर दुर्घटनामा रावतसहित उनकी पत्नि मधुलिका र थप ११ जनाको मृत्यु भएको जानकारी दिएको छ । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement