भारतीय सैनिक हेलिकोप्टर दुर्घटना अपडेट : ४ जनाको शव भेटियाे


एजेन्सी – भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा भएको हेलिकोप्टर दुर्घटनामा ४ जना अधिकारीको मृत्यु भएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

सेना प्रमुख रावतको स्वास्थ्य अवस्थाबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन । हेलिकप्टरमा उनकी श्रीमती पनि सवार थिइन् ।

न्युज एजेन्सी एएनआईका अनुसार हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो । हेलिकप्टरमा १४ वरिष्ठ अधिकारीहरू सवार थिए ।दुर्घटनास्थलमा चिकित्सकको टोली पठाइएको छ ।

घटनास्थलमा सेनाका अधिकारी पनि छन् । पहाड मुनिबाट अझै केही शव देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement