भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइपुगे काठमाडौं


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि वंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

चौथो बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । मोदीलाई विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोरेललगायतले स्वागत गरेका थिए ।

मोदी विमानस्थलबाट सोझै पशुपतिनाथ दर्शनका लागि जाने कार्यक्रम छ । पूजाअर्चनापछि उनी सम्मेलन स्थल सोल्टीमोड जानेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement