भारतीय राजदूतले दिए नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई

भारतीय राजदूतले दिए नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा निवास बूढानीलकण्ठ पुगेर उनले बधाई तथा शुभकामना दिएका हुन् ।

सो अवसरमा परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले दुई देशबीचको युगौंँ पुरानो मैत्रिपूर्ण सम्बन्धको सम्झना गरेका थिए । कांग्रेस संसदीय दलका नेता देउवाले मङ्गलबार प्रधानमन्त्रीमा नियुक्त भई पद तथा गोपानीयताको शपथपछि कार्यभार सम्हालेका थिए ।