भारतीय यातायातमन्त्री नितिन गडकरी काठमाण्डु आउँदै


काठमाण्डु – भारतीय सडक, यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी काठमाण्डु आउने भएका छन् । भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री गडकरी यही मंसिर ३ गते पतञ्जली योगपीठ नेपालको निमन्त्रणामा काठमाण्डु आउन लागेका हुन् ।

मन्त्री गडकरीसँगै योगगुरु रामदेव र पतञ्जली आयुर्वेदका अध्यक्ष आचार्य बालकृष्ण पनि काठमाण्डु आउन लागेका पतञ्जली योगपीठ नेपालका प्रमुख सालिग्राम सिंहले बताए ।

पतंजली योगपीठ नेपालद्वारा संचालन हुन गई रहेको आस्था नेपाल र पतंजली नेपाल नामक धार्मिक च्यानलको शुभारम्भ र पतंजली आश्रमको उद्घाटन  समारोहमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।

 उक्त च्यानलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ । काठमाण्डु बसाइका क्रममा गडकरीले प्रधानमन्त्री देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement