पाकिस्तानी सेना प्रमुखसंग भारतिय मन्त्रीले अंकमाल गरेपछि भारतमा हंगामा


इस्लामाबाद–पाकिस्तानी प्रधानमन्त्री इमरान खानको शपथ समारोहमा पुगेका कांग्रेस नेता नवजोत सिंह सिद्धुले पाकिस्तानी सेनाका प्रमुखसंग अंकमाल गरेको तस्बिर सार्वजनिक भएपछि भारतमा त्यसको आलोचना भएको छ । पंजावमा मन्त्री समेत रहेका पूर्व क्रिकेटर सिद्धु इमरानको निमन्त्रणामा पाकिस्तान पुगेका हुन । कांग्रेस प्रवक्ता राशिद अल्वीले समेत उनको आलोचना गरेका छन् ।

सिद्धुले पाकिस्तानी प्रधानमन्त्रीलाई कस्मिरी साउल उपहार समेत दिएका छन् । उनले आफु एउटा राम्रो साथीको रुपमा सहभागी भन्दै आफ्नो सदभाव भ्रमण भएको स्पष्ट पारे ।

‘मलाई उनले सल्लाह लिएका भए म पाकिस्तान नजान सल्लाह दिन्थे,उनी साथीको हिसाबले शपथमा गएका हुन, तर साथीभन्दा देश ठुलो हुन्छ ।’ प्रवक्ता अल्वीले एक टिभि च्यानलमा भनेका छन् ।

उनले सीमामा भारतीय सेनाका जवानहरु मरिरहेका बेला सिद्धुले अंगालो मार्नुले गलत सन्देश जाने समेत बताएका छन् ।कांग्रेस प्रवक्ता अल्वीले उनलाई पाकिस्तान जान भारत सरकारले अनुमती दिनु नै गलत भएको बताए ।

आफ्ना साथी पूर्व क्रिकेटर खान प्रधानमन्त्री बन्ने पक्का भएपछि उनले पाकिस्तान जाने बताएका थिए । उनको पाकिस्तान भ्रमणको विषयलाई लिएर भारतमा सामाजिक संजालमा समेत निकै ठुलो आलोचना भएको थियो ।

 

इमरानले सिद्धुसहित केही भारतियलाई शपथ समारोहमा सहभागी हुन निम्तो दिएका थिए ।  उनको भ्रमणलाई लिएर अकाली दका नेता सुखबीर बादलले सिद्धु पाकिस्तानमै रहनुपर्ने बताएका थिए । उनले सिद्धु पाकिस्तानमै रह पंजाब र पुरै देशमा शान्ती हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement