पुर्व गृहराज्यमन्त्री इन्द्र बांनिया संसदीय दलको नेता चुनिए


काठमाडौं – पुर्व गृहराज्यमन्त्री इन्द्र बांनिया नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलको नेतामा चयन भएका छन् । बिहीबार काठमाडौंमा बसेको बैठकले बानियांलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।

दलको नेता बन्न बानियांसंगै पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की पनि दावेदार थिए । तर, पार्टी पदाधिकारी बैठकबाट संसदीय दल गठनका लागि जिम्मेवारी पाएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायको उपस्थितिमा बसेको बैठकले बानियांलाई संसदीय दलको नेता चयन गरेको छ ।

बानियांले कांग्रेसलाई ३ नम्बर प्रदेशमा सशक्त पार्टीको रुपमा प्रदेश सभामा प्रस्तुत गर्ने बताए । पार्टीले प्रदेशको संसदीय दलसम्बन्धी विधान विधान पास गरेपछि थप कार्य्विभाजन हुने बानियांले बताए ।

पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर कांग्रेसका सभापति बानियंँ मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ बाट विजयी प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement