भारतका पूर्व प्रधानमन्त्री देवेगौडा पशुपतिनाथकाे पुजा गर्न काठमाडाैं अाउँदै


काठमाडौँ – भारतका पूर्व प्रधानमन्त्री तथा जनता दल (सेकुलर) का नेता एचडी देवेगौडा पशुपतिनाथकाे दर्शनका लागि काठमाडाैं अाउने भएका छन् ।

तीन दिनकाे भ्रमणका लागि अाउन लागेका देवगाैडाले पशुपतिनाथमा विशेष पूजाअाजा गर्ने कार्यक्रम रहेकाे एक स्राेतले जनाएकाे छ । ८५ वर्षीय देवेगौडा सन् १९९६ जुनदेखि करिब ११ महिनाका लागि भारतको प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी कर्णाटकका मुख्यमन्त्रीसमेत रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement