पत्रकारलाई घुस दिन खोज्ने इन्स्पेक्टर जिल्ला तानिए


काठमाडौं – पत्रकारलाई १० हजार घुस दिन खोज्ने नेपाल प्रहरीका इन्स्पेक्टरमाथि छानबिन सुरु भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका इन्स्पेक्टर भुवनबाबु खड्कामाथि छानबिन सुरु भएको हो ।

इन्स्पेक्टर खड्काले स्थानीय पत्रकार खगेन्द्र घिमिरेलाई १० हजार घुस दिएर नाकाबाट हुनै अवैध धन्दाको बारेमा समाचार नलेख्नु भनेर प्रस्ताव राखेका थिए ।

प्रहरी कार्यालय झापाले इन्स्पेक्टर खड्कालाई आइतबार बेलुका काँकडभिट्टाबाट जिल्ला तानेर छानबिन शुरू गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement