नेताको पावर लगाएर सरुवा रोकाएका इन्सपेक्टर अन्ततः हटाइए


काठमाण्डु – जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर राजु भण्डारी हटाइएका छन् । राजनीतिक पावर लगाएर केहि दिन आफ्नो सरुवा रोक्न सफल भएका इन्सपेक्टर भण्डारीलाई अन्तत प्रहरी प्रधान कार्यालयले हटाएको हो ।

उनको ठाउँमा इन्सपेक्टर ऐनबहादुर मल्ललाई पठाइएको छ । जिल्लामा संगठित रुपमा भ्रष्टाचार गरेको भेटिएपछि प्रहरी मुख्यालयले पहिले नै उनलाई हटाउने प्रयास गरेको थियो । तर उनले गृह मन्त्रालयमार्फत दबाब दिएर आफ्नो काज सरुवा रोकेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement