गूप्तचर विभागका दुई एसपी र ९ डिएसपीसहित ११ जनाको बढुवा (सुचीसहित)


काठमाण्डु – राष्ट्रिय अनुसन्धान विभागका ११ अधिकारीको बढुवा भएको छ । विभागमा कार्यरत दुई एसपीको एसएसपीमा र ९ जना डिएसपीको एसपीमा बढुवा भएको हो ।

विभाग स्रोतका अनुसार दुई एसपी (उपअनुसन्धान निर्देशक)को (सह अनुसन्धान निर्देशक) र ९ नौ जना डिएसपी(प्रमुख अनुसन्धान अधिकृत)को बढुवा भएको हो । एसपीबाट एसएसपीमा बढुवा हुनेमा नविन अधिकारी र राजन उप्रेती रहेका छन् ।

त्यस्तै प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) बाट उपअनुसन्धान निर्देशक (एसपी) मा बढुवा हुनेमा प्रज्वल खड्का, प्रकाश आचार्य, सन्तोष ढुंगेल, राजन प्रजापती, बासु सिग्देल, कुलचन्द्र नेपाल, मनोज ढकाल, चन्दन झा र लक्ष्मी पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement