भारतले पहिलोपटक नेपाललाई सुपुर्दगी गर्‍यो, मोस्ट वान्टेड मुखियालाई काठमाडौं ल्याइयो


काठमाडौं– भारतले पहिलोपटक नेपाललाई अपराधी सुपुर्दगी गरेको छ।

१६ वर्षअघि ठमेलको जुली स्टुडियो डिस्कोमा भएको हत्या घटनाका मुुख्य अभियुक्त मुखिया गरुङलाई भारतले नेपाललाई सुुपुर्दगी गरेको हो।

भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका उनलाई नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत शुक्रबार काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज नेउपानेले जानकारी दिए।

गुरुङको समूहले २०५८ कात्तिक १८ गते बानेश्वरका १९ वर्षका सुवर्ण गुरुङको हत्या गरेको अभियोग छ।

२२ मंसिरमा भारतको जयपुर विमानस्थलबाट पक्राउ परेका उनलाई दिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो। अदालतको आदेशअनुसार उनलार्इ नेपाल ल्याइएको हो।

सीआईबीका डिआइजी पुष्कर कार्कीका अनुुसार गुरुङलाई अदालतमा पेश गरिनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement