आईपीएल २०२० को फाइनल खेल मुम्बईमा हुने


काठमाडौ – इण्डियन प्रिमियर लिग (आईपीएल) २०२० को फाइनल खेल मुम्बईमा हुने भएको छ । १३औँ आईपीएल क्रिकेटको फाइनल खेल मार्च २९ तारिखदेखि सुरु भई मे २४सम्म चल्नेछ ।

आईपीएलको खेल समयमा कुनै पनि परिवर्तन भएको छैन । झण्डै सबैजसो खेल राति ८ बजे देखि नै सुरु हुने जनाइएको छ । यस सिजनको आईपीएलमा पाँच दिन मात्रै दैनिक दुई वटा खेल हुने छन् ।

आईपीएल गभर्निङ काउन्सिलको बैठकपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरभ गांगुलीले खेलको समयमा कुनै पनि परिवर्तन नगरिएको जानकारी दिए ।

यसैगरी यो सिजनदेखि ‘कन्कशन सब्सटिच्युट’ नियम लागू हुने छ भने थर्ड एम्पाएरले नो बलमा पनि निर्णय गर्न पाउने छन् । ‘कन्कशन सब्सिच्युट’ नियम गत वर्ष एसेज टेस्टबाट लागू भएको थियो । त्यतिबेला स्टिभ स्मिथ घाइते भएपछि मार्नस लाबुशेन टिममा आएका थिए ।

गएको संस्करणको आईपीएलमा नो बलका विषयमा धेरै टिप्पणी भएपछि यस वर्षदेखि थर्ड एम्पाएरले नो बलमा निर्णय गर्न पाउने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement