आईपीएल आज गुजरात र हैदराबाद खेल्दै

आईपीएल आज गुजरात र हैदराबाद खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

भारतको अहदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

आईपीएलमा ९ खेलमा १२ अङ्कसहित गुजरात चौथो स्थानमा छ । समान खेलमा ६ अङ्क रहेको हैदराबाद नवौं स्थानमा छ ।

यसअघि बिहीबार भएको खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई एक सय रनले पराजित गरेको थियो । जीतसँगै मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्षस्थानमा उक्लिएको छ ।

११ खेलमा ६ अङ्कका साथ आठौं स्थानमा रहेको राजस्थानको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।