स्थगित आईपीएल कहिलेबाट हुन्छ ?

स्थगित आईपीएल कहिलेबाट हुन्छ ?

युद्धविराम सम्झौता सकारात्मक रूपमा अघि बढे अर्को सातादेखि खेल सुचारु हुने सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र पाकिस्तानबीच युद्धविराम भएपछि स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेलहरू कहिलेबाट सुरु हुने चासो बढेको छ ।

बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटलबिच खेल चलिरहँदा का सम्भावित आक्रमणको डरले बीचमै खेल रोकिएको थियो ।

त्यसपछि जारी शृंखला एक साताका लागि स्थगित भएको छ ।

संसारको सबै भन्दा ठुला र आर्थिक क्षेत्रमा समेत प्रभाव पार्ने यो फ्रेन्चाइज लिग स्थगन भएपछि यसले धेरै प्रश्न उब्जिएको छ । फ्रेन्चाइजका कुल ७० मध्ये ५८ खेल सम्पन्न भएका छन् भने १२ खेल मात्र बाँकी छन् ।

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि खेल फेरि सुचारु हुने सम्भावना पनि बढेको छ । तर कहिलेबाट बाँकी खेलहरू सुरु हुने केही जनाइएको छैन ।

तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अधिकारीहरू भारत र पाकिस्तानका अधिकारीहरूबीच युद्धविराम सम्झौताका बारेमा सोमबार हुने वार्तापछि मात्र बाँकी खेल कहिलेबाट सुरु गर्ने निर्णय हुने बताउँछन् ।

तर उनीहरू दुई देशबीच युद्धविराम सम्झौता सकारात्मक रूपमा अघि बढे अर्को सातादेखि खेल सुचारु हुने सम्भावना प्रबल रहेको बताउँछन् ।

भारत–पाकिस्तान युद्धका कारण धेरै विदेशी खेलाडी फर्कने सम्भावना देखिएको थियो । तर युद्धविराम भएपछि रोकिएको छ ।
आईपीएलको सबैभन्दा निराशाजनक सम्भावना सायद यस युद्ध विरामले टारेको छ ।

भारत र पाकिस्तानका अधिकारीबीच सोमबार हुने वार्ताले अझ धेरै कुरा टुङ्गाउन सक्ने विश्वास बीसीसीआईको छ ।

इङ्लिस क्रिकेट टोलीका पूर्व कप्तान माइकल भौनले बाँकी खेलहरू इङ्गल्यान्डमा गर्न सुझाव दिएका छन् । यसअघि पनि आईपीएलका खेलहरू भारत भन्दा बाहिर भएका छन् ।

तर भारतीय अधिकारीहरू अवस्था सामान्य भए भयो भने भारतमै बाँकी खेलहरू गर्ने पक्षमा छन् । उनीहरू खेल स्थानको विकल्पका बारेमा सोचिसकेका छैनन् ।