म्याकले आईपीएलका बाँकी खेल नखेल्ने

म्याकले आईपीएलका बाँकी खेल नखेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अस्ट्रेलियाका ब्याटर जेक फ्रेजर म्याकगर्कले आईपीएलका बाँकी खेल नखेल्ने भएका छन् ।

भारत र पाकिस्तान बीच सीमामा भएको तनावका कारण स्थगित आईपीएल दुई देश बीचमा युद्ध विराम भएसँगै शनिबारदेखि फेरि हुने तय भएको छ । तर नौ करोड भारतीय रुपैयाँमा दिल्ली क्यापिटलमा आबद्ध भएका म्याकगर्कले बाँकी खेल नखेल्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनको ठाउँमा बङ्गलादेशका मुस्ताफिकर रहमान दिल्लीमा आबद्ध भएका छन् । उनी सन् २०२२ र २०२३ को सिजनमा पनि दिल्लीमा नै आबद्ध थिए ।